Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 15 2026

भक्तपुरमा एकै नगरपालिकाका ११ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि


जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरिएन्ट पुष्टि भएको छ । चाँगुनारायणमा तीन, सूर्यविनायकमा आठ र अन्यमा चार जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ। जिल्लामा १८५ सक्रिय सङ्क्रमित छन्। हालसम्म २ लाख ३३ हजार ७५१ जनाले खोप लगाएको मिजारले जानकारी दिए।

भक्तपुर नपामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नपामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार