कोसी राजमार्ग अन्तर्गत धनकुटा सिधुवा सडक खण्डको गुराँसे नजिक आज टिपर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ ।बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको टिपर दुर्घटना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले उनीहरुको घटनास्थलमा नै ज्यान गएको बताए ।
उनीहरुको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





