Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

प्रि ओपन सेसनमा साढे १५ अंकले बढ्यो नेप्से


आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेको छ। गत बिहीबार ५४।१२ अंक बढेर २८५७.७५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १५.६६ अंक बढेर २८७३.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ११ हजार २०२ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १८ वटै कम्पनीको सेयरमूल्य बढेको छ।

आजको सो सेसनमा ५६ लाख २५ हजार ८२२ रुपैयाँ ७९ पैसा बराबरको सेयर किनबेच भएको छ। पछिल्लो समय नेप्सेमा सुधार आएपछि लगानीकर्ता हौसिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार