Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या,काठमाडौं फर्काइयो


काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो ।

उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो । जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार जहाजको प्राविधिक परीक्षण भइरहेको छ भने यात्रुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार