Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

शेयर बजार २० अंकले बढ्यो, कारोबार रकममा देखिएन उल्लास


शेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ।

सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ अंकले बढेका छन्। यस्तै विकास बैंक उपसमूह २३ अंक, व्यापार उपसमूह ९ अंक, लघुवित्त ६ अंक, फाइनान्स उपसमूह ०.९२ अंकले घटेका छन्।

आज कारोबार रकम भने घटेको छ। आज ७ अर्ब ९० करोडको कारोबार भएको छ। यसअघि आइतबार ९ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार