Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

उपत्यकामा निषेधको नयाँ आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ?


कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्त सम्मलाई रोक लगाएको छन्।यस्तै, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ। गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २२ हजार ८२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार