विद्यार्थी केन्द्रित खोप अभियान प्रभावकारी बन्न नसकेपछि सरकारले खोप अभियान चलाउनकै लागि माघ १५ गते पछि चार दिनका लागि विद्यालय खोल्ने निर्णय गरेको छ।
गृह मन्त्रालयमा बसेको कोभिडबिरुद्ध प्रतिकार्यसम्बन्धी बैठकमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्ध खोप लगाउनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित थिए।





