ट्राफिक प्रहरीले बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गरेको छ।ट्राफिक प्रहरीले सार्वजनिक चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामूलक स्टिकर टाँस गरेको छ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा‘ ‘सवारीसाधनमा चढ्दा मास्क प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो।एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपाय पूर्ण पालना गर्न अनुरोध गरे।
यसका साथै ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए-नभएको अनुगमन गर्दै मास्क नलगाएका सवारी चलाकलाई सम्झाइ-बुझाइ मास्कसमेत बितरण गरेको छ





