Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

आज देशभरका अदालत बन्द रहने


आज देशभरका अदालत बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालत बन्द हुने भएका हुन्।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो। सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतमा बिदा गर्ने निर्णय गरेको हो।

उनले २०५४ साल चैतदेखि २०५६ साल मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए। सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गरेका थिए। पछिल्लो समय कोरोना संक्रमणका कारण सर्वोच्च अदालतबाट आंशिक काम मात्र भैरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार