अपाङ्गता भएका महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एक्सेस प्लानेट अर्गनाइजेसनले बाँकेको नेपालगञ्जमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
रोजगारदाता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा गरिएको कार्यक्रमका वक्ताहरुले रोजगारीमा अपाङ्गता भएका महिलाहरुको पहुँच पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जनाए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शम्सेर जबराले अपाङ्गता भएका महिलाहरुको जिविकोपार्जनका विषयमा आफू चिन्तित रहेको बताए । कार्यक्रममा मेयर जबरा सहित नेपाल उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, सोल्टी होटेलका प्रबन्ध निर्देशक प्रविन्द्र सिंह, अपांगता अभियन्ता भावुकजंग थापा, घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जका अध्यक्ष डिला शाह लगायतले अपाङ्गता भएका महिलाहरुको आर्थिक सशक्तिकरणको विषयलाई सबैले गम्भिरताका साथ लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एक्सेस प्लानेट अर्गनाइजेसनकी कार्यकारी निर्देशक लक्ष्मी नेपालले एक्सेस प्लानेटले गरेका विभिन्न कार्यक्रमबारे जानकारी दिइन् ।






