Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै, जनसंख्या ३ करोड ननाघ्ने !


केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिनेछ।

आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागका निर्देशक निर्देशक लामिछानेले बताए। उनकाअनुसार नेपालको जनसंख्या ३ करोड ननाघ्ने प्ररम्भिक नतिजामा देखिएको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार