Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

शुक्रबारसम्म वर्षाको सम्भावना, कहिले आउँछ मौसममा सुधार ?


पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहीबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

आज राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। केही पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार