Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

त्रिभुवन विमानस्थलका कर्मचारीमाथि लागू गरियाे यस्तो कडा नियम


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन रोक लगाइएको छ। शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन दिएको हो।

विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी तथा मलेसिया गई अलपत्र परेको गुनासो बढेसँगै प्राइभेट मोबाइल चलाउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए।

सोही आशंकामा केही कर्मचारीको मोबाइलसमेत खोसिएको अध्यागमन स्रोतले जनाएको छ। भिजिट भिसाको समस्या र समाधानको उपायबारे अध्ययन गरेर प्रतिवेदन दिनका लागी गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार