Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

सुनको मूल्यमा निरन्तर गिरावट, कति पुग्यो तोलाको ?


नेपाली बजारमा सुनको मूल्य सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ यस महिनाकै कमजोर बनेको हो।

आइतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा झरेको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार