Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

शेयर बजारमा लाग्यो ब्रेक, आज साढे १४ अङ्कले घट्यो


स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले ‘सकारात्मक’ बनेको सेयर बजार साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको शेयर बजार सोमबार भने घटेको छ। नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज दुई सय २५ वटा कम्पनीको एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार