Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

काठमाडौंमा उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हट्यो


काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली भोलि  बाट हट्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार आज राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको हो।

यसअघि आजै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो।

सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !
विचार