साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार मापन गर्ने परिसूचक ‘नेप्से’ १६.३० अंकले घटेको हो। साताको दोस्रो कारोबार दिन सोमबार बजार १५.६९ अंकले बढेको थियो। आज समग्र नेप्से सूचक ०.५७ प्रतिशतले घटेको छ।
मंगलबार सेयर कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। सोमबार पाँच अर्ब दुई करोड २० लाख १७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगबार छ अर्ब २१ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ८५ लाख रुपैयाँ बराको सेयर कारोबार भएको छ। अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। उक्त कम्पनीको सेयर मूल्य ५३१ रुपैयाँ कायम भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ३२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य आज ४०५ रुपैयाँ कायम भएको छ। यस्तै अपर तामाकोशीको शेयर ३२ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको नेप्सेले जनाएको छ।





