Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाकाे विवरण


नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यस्तै पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४ हजार २१६ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ भने ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार