Logo
१५ आश्विन २०८३, बिहीबार
|  Thu Oct 1 2026

इमर्जिङ नेपालको आइपिओ खुल्यो, फागुन १ गतेसम्म आवेदन दिन सकिने


इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।

निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार