नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३०० र चाँदी २० रूपैयाँ बढेको छ।
महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रूपैयाँ तोकिएको छ। मंगलवार प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रूपैयाँ कायम थियो।
चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








