Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

प्रहरीद्वारा हराएका मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण


सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएका र चोरी भएका ६ वटा मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए ६ वटा मोटरसाइकल हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा फेला परेका हुन् ।

चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सीसी भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार