Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित काठमाडौबाट एकजना पक्राउ


स्रोत नखुलेको ७० लाख रुपैयाँसहित  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी-३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं- १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो ।

प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार