Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध मुद्‍दा दर्ता


सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो।

खत्याड गाउँपालिका-३ का ५७ वर्षीय बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।पीडित महिलाले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बानियाँले आफूलाई विभिन्न समयमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन।प्रहरी नायव उपरीक्षक न्यौपानेले भने,‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो। अब अनुसन्धान अघि बढ्छ।’

जाहेरी दिएको चार दिनपछि मुद्दा दर्ता भएको हो। मुद्दा दर्ता नभएको बारे चौतफी दबाब सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा दर्ता गर्न बाध्य भएको हो।पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनका लागि माग गरेकी छिन्।

पीडित महिलाले भनिन्,‘मलाई सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ। डिएसपी सापले मुद्दा दर्ता भइसक्यो, ‘दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको थियो। म जिप्रकामा छु।’

पीडित महिलाले नेपालगञ्ज २ को नामबाट जाहेरी दिएकी छन्। माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलत्कार गरेको जनाएकी छन्।


प्रतिक्रिया दिनुहोस !
विचार