Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

सुनको मूल्य बढ्ने क्रम जारी,कति पुग्यो तोलाको ?


नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबारदेखि बढ्दै आएको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार