Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

फागुन १ गतेदेखि १८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज


सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनि गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताएका हुन्।

२०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले फागुन १ गतेदेखि दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए। मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख लाई खोप दिन सुरु गरिएको जानकारी दिए।

विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उनले स्पष्ट पारे। मन्त्री खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोरोनाविरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए।

यस्तै ठूला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको तथा दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौं उपत्यकाका मुख्य प्रवेश नाकाहरुमा यात्रुहरूलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार