Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, यस्तो छ पछिल्लो विवरण


नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । अहिले नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार