Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजः ओमानमाथि नेपालको जित


चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए । खवार अलीले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।

९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे ।
जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !
विचार