Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

बुधबारबाट भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह


जल तथा मौसम विज्ञान विभागले बुधबारबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउँन आग्रह गरेको छ ।
मंगलबार बिहानै एक विशेष बुलेटिन निकाल्दै विभागले बुधबारबाट मनसुनी न्युन चापीय रेखा तराई नजिक रहेको हुनाले मनसुन सक्रिय हुने जनाएको हो ।

विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका पहाडी भेगहरुमा पहिरोको जोखिम रहेको तथा नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार