दोलखाका युवा इञ्जिनियर चिरञ्जिवी खतिवडा नेपाल इञ्जिनियर एसोसिएसनको वागमती प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
नेपाल इञ्जिनियर एसोसिएसनको हालै सम्पन्न निर्वाचनमा खतिवडा वागमती प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । खतिवडा डा.हरिबहादुर दर्लामी नेतृत्वको केन्द्रीय तथा रोहिणी पौडेल नेतृत्वको प्रदेश प्यानलबाट उम्मेद्वार रहेका थिए । दर्लामी नेतृत्वको प्यानल नै अत्याधिक मतका साथ विजयी भएको छ ।
नेपाल विद्यार्थी संघको राजनीतिमा समेत सकृय खतिवडा सालिन र भद्र इञ्जिनियरका रुपमा परिचित छन् ।









