Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

खराब पक्ष भएको व्यवस्थालाई फ्याँक्नुपर्छ : पूर्वराजा (भिडियोसहित)


पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवास्थातर्फ संकेत गर्दै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सन्देशमा पूर्वराजाले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई मात्र लिनुपर्ने र नराम्रा पक्षलाई त्याग्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’ उनले देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने दाबी समेत गरेका छन् ।

अहिलेको अवस्थालाई ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ को संज्ञा दिँदै उनले कसैलाई खुसी पार्न र अरूबाट तोकिनुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनुपर्ने बताए । पूर्वराजाले विगतका परिवर्तनहरूले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको भन्दै अधिकार मात्र खोज्ने तर कर्तव्य नबिर्सने प्रवृत्ति र भागबन्डाको राजनीतिको कडा आलोचना गरेका छन् ।

जनताको बदलिँदो चाहना अनुसार समानुकूल परिवर्तन र परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले विश्वका कतिपय देशले पहिला आफ्नो देश र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको उदाहरणसमेत पेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार