
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह श्रीमती सविना काफ्लेसहित सपथग्रहण समारोहमा सहभागी भएका छन् ।
सोमबार बिहान साढे एघार बजेबाट सुरु भएको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण भाग लिन नवनिर्वाचित मेयर बालेन्द्र शाह दौरासुरुवाल, कालो कोट र भादगाउँले टोपीमा सजिएर पुगेका छन् । उनकी पत्नी सविना काफ्ले नीलो सारी चोलोमा सहभागी छिन् ।
उनी बालेनको बायाँ पट्टि बसेकी छिन् ।
बालेन मेयरमा निर्वाचित भएलगत्तै उनले घरबाट जितेर निस्केको मान्छे बाहिर कहिल्यै हार्दैन भन्दै एउटा भावुक स्टाटस लेखेकी थिइन् ।