Logo
१५ कार्तिक २०८३, आईतवार
|  Sun Nov 1 2026

दुई राउण्ड हवाई फायर गरी दुईजना लागुऔषध कारोबारी पक्राउ


काठमाडौँ । कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट लागुऔषध भित्राएर कारोबार भइरहेको विशेष सूचनाका आधारमा ब्युरोको शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा चेकजाँच गरेको थियो।

त्यसक्रममा शंकास्पद व्यक्तिहरूले प्रहरीमाथि प्रतिकार गर्न खोजेपछि चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरिएको ब्युरोले जनाएको छ। त्यसपछि प्रहरीले बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउद्दिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट २८.८२० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार