Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

बलिउडमा तीन ठूला चलचित्रको भिडन्त, कसले मार्ला बाजी ?


बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै ‘होल्ड’ मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्।

गएको हप्ताको सुरुवातमा आमिर खान र करिना कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘लाल सिंह चड्ढा’को रिलिज मिति स्थगित गरिएको थियो । सन् २०२२ को प्रणय दिवस अर्थात फेब्रुअरी १४ मा उक्त चलचित्रको रिलिज मिति तोकिएको थियो ।

अब चलचित्रको नयाँ रिलिज मिति सन् २०२२ अप्रिल १४ मा तोकिएको छ । नयाँ रिलिज मितिसँगै अब चलचित्र अर्का दुई ‘ठूला’ चलचित्रसँग जुध्ने पक्का भएको छ । साउथ सुपरस्टार यशको ‘केजीएफ २’ र बलिउड अभिनेता वरुण धवन र कृति सेननको ‘भेडिया’सँग उक्त चलचित्रको भिडन्त हुने भएको छ । यी चलचित्रहरूको वर्ष २०२१ को सुरुवातमा नै रिलिज मिति तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार