Logo
१० मंसिर २०८३, बिहीबार
|  Thu Nov 26 2026

मायोनले जिते दशौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण


नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबका पौडी खेलाडी मायोन श्रेष्ठले जितेका छन्। बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको पौडी प्रतियोगिताअन्तर्गत पुरुष १ हजार ५०० मिटर फ्रिस्टाइल स्पर्धामा मायोनले स्वर्ण पदक जित्दै दशौँ राष्ट्रिय खेलकुदमा पदकको खाता खोलेका हुन्।

नेपाल पौडी संघका अनुसार मायोनले निर्धारित दूरी १७ मिनेट ४८।६१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। उत्कृष्ट प्रदर्शन गरेका उनले प्रतियोगिताको पहिलो स्वर्ण आफ्नो नाममा लेखाउन सफल भए।

उक्त स्पर्धामा सुदूरपश्चिम प्रदेशका अथर्व सिंहले १८ मिनेट ६।९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जिते भने नेपाल पुलिस क्लबकै रचित बुढाथोकीले १९ मिनेट ५५।६० सेकेन्डको समयसहित कांस्य पदक हात पारे।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते कर्णाली प्रदेशमा हुने कार्यक्रम रहे पनि पौडीसहित केही खेलका प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भएका हुन्। मायोनको स्वर्णसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक वितरणको सुरुवात भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार