Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एमाले महाधिवेशनमा महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने


नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताएका हुन्।

‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेत भने ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु।’

बस्नेतले अहिले एमालेको नाममा सबैले गौरव गर्नुमा नेकपा कालमा आफूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। ‘मैले सन्ध्या तिवारीहरुलाई अघि सारेर नेकपा एमाले दर्ता नगरेको भए आज हामीले एमालेको नाममा राजनीति गर्न पाउथ्र्यौं कि पाउदैन थियौं ?’ बस्नेतको प्रश्न छ ‘त्यस बेलाको मेरो त्यो भूमिकालाई मै प्रति आगो झोस्ने नेताहरुले अहिले एमालेको नाममा राजनीति गर्न पाउनु भएको छ। यो खुशीको कुरा हो।’


प्रतिक्रिया दिनुहोस !
विचार