Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ आउने निर्वाचनपछि एमाले पत्तासाफ हुन्छ: अध्यक्ष नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आउने निर्वाचन पछि एमाले पत्तासाफ हुने ठोकुवा गरेका छन्। बुधबार धनुषाको जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेकाले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चुनौती दिएका हुन्। उनले एकीकृत समाजवादीप्रति आकर्षण बढिरहेको पनि दाबी गरे।

‘समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य एकीकृत समाजवादी पार्टीको छ‚’ अध्यक्ष नेपालले भने‚ ‘मैले भन्ने गरेको छु- अब सूर्यको धाक नदेखाए हुन्छ। त्यसमा ग्रहण लागि सकेको छ। अब कलम चम्किरहेको छ।’

 


प्रतिक्रिया दिनुहोस !
विचार