नेपाली कांग्रेसकी नेतृ लेखकुमारी पुडासैनी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनले पुडासैनीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको हो । नेपाली कांग्रेसको महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आएकी पुडासैनी समाजसेवाको काममा अत्यन्तै सकृय नेतृ हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै नेतृ पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैमा आभार व्यक्त गरेकी छिन् ।




