Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

फागुन १३ गतेबाट प्रदर्शनमा आउने भयो ‘प्रेम गीत–३’


नेपाली चलचित्र प्रेम गीत–३ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सुनील थापा, शिव श्रेष्ठलगायत कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।

‘नेपालमा हामीले फागुन ३ गतेका लागि चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं,’ मुम्बईमा रहेका निर्माता समेत रहेका सन्तोष सेनले भने । भारतमा भने कहिले रिलिज गर्ने भन्ने विषय टुंगो नलागेको सेनले बताए ।

भारतीय चलचित्र बजारका लागि हिन्दी भाषामा पनि डबिङ गरिएको चलचित्रको नाम ‘संघारक’ राखिएको छ । यसका अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा उत्साहजनक ब्यापार गरेका थिए । तेस्रो सिरिजलाई जपन दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार