Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

चिसोसँगै बढ्यो प्रदूषण, स्वास्थ्य सावधानी अपनाउन आग्रह


देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।

चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएको छ । यो बेला विशेषगरी बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने डाक्टरले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार