मंगलबार शेयर बजार परिसूचक नेप्से ४७ अंकले घटेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ कम्पनीको सूचना जारी गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
मंगलबार शेयर बजार ४७ दशमलब ४९ अंक घटेर २ हजार ८ सय २८ अंकमा आइपुगेको छ ।
यसदिन अन्य सबै समुहमा गिरावट आएपनि लघुवित्त कम्पनीका शेयरको मूल्यमा भने वृद्धि भएको छ ।