Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

एमालेलाई टिके पार्टी हुन दिन्नँ : भीम रावल


नेकपा एमालेको अध्यक्षका प्रत्यासी भीम रावलले एमालेलाई आफूले टिके पार्टी हुन नदिने बताएका छन् ।
महाधिवेशनको बन्द सत्र सञ्चालनमा भएको ढिलाईबारे प्रतिकृया दिँदै रावलले सर्वसम्मतिका नाममा टीका लगाएर महाधिवेशन सक्ने कुरा आफूलाई मान्य नहुने बताएका हुन् । जबजलाई आदर्श सिद्धान्त बनाएको पार्टीले महाधिवेशनमा टीका लगाएर नेतृत्व चयन गर्नु हाँस्यास्पद हुने उनको भनाई छ । आफू सहमतिको बाधक नभई विधि र विधानको पक्षधर भएको उल्लेख गर्दै रावलले महाधिवेशनको बन्द सत्रमा उप महासिचव विष्णु पौडेलले अकस्मात ल्याएको प्रस्ताव सुनेर आफू आश्चर्यचकित भएको बताए ।
शनिबार साँझ एमाले बन्द सत्रमा पौडेलले पदाधिकारी चयनको सम्पूर्ण जिम्मा ओलीलाई दिने प्रस्ताव ल्याएका थिए भने रावल लगायतका केही नेताको असहमतिका बीचमा बन्दसत्रले त्यो प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार