Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

एमाले महाधिवेशनः सहमति नजुटेको पदमा आज निर्वाचन हुने, अध्यक्षको लागि ओली र रावल मैदानमा


नेकपा एमालेको १०औँ महाधिवेशनमा सहमति नजुटेको पदमा आज निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन् ।

एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

आज राति ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार