Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

नेतृत्व चयनका लागि एमालेमा मतदान जारी, आज साँझसम्म मत परिणाम आइसक्ने


चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म ११ सय ५० जनाले मतदान गरिसकेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदानमा साढे ७ बजेसम्म ११ सय ५० जनाले मतदान गरेका हुन् । एकपटकमा ६९ जनाले मतदान गर्न सक्छन् ।

अबको करिब तीन घण्टामा मतदान प्रक्रिया सकिने निर्वाचन आयोगले जनाएको छ । महाधिवेशमा २१ सय ७५ मतदाता छन् ।
आयोगका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ ।

चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिस्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ । जसमा अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ ।

ओली पक्षले आफैंले विधान महाधिवेशनले पारित गराएको प्यानल बनाएर चुनाव लड्न नपाउने नियम उल्लघंन गरेको दृश्य देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार