Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेका सांसदहरु अनुपस्थित


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरेका शाहीले २२ मतसहित प्रदेश सभाको विश्वास प्राप्त गरेका हुन्।

३५ सदस्यीय प्रदेश सभामा शाहीलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका सांसदहरुले विश्वासको मत दिएका हुन्।

प्रदेश सभामा माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादी ३ र राप्रपाका १ सांसद छन्।उनले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु भने प्रदेश सभामा उपस्थित भएनन्।


प्रतिक्रिया दिनुहोस !
विचार