Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार