Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

कांग्रेसको प्रदेश अधिवेशनः देउवा र सिटौलाबीच सहकार्य, आज उम्मेद्वारी दर्ता, भोलि निर्वाचन


नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्तालगायतका प्रक्रिया आज सुरु हुने भएका छन्। प्रदेश १ बाहेक ६ वटै प्रदेशमा हिजो एकैसाथ सुरु भएको प्रदेश अधिवेशनमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जसअनुसार आज उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, जाँचबुझ, यसमाथि निर्णय, उम्मेदवारको नामावली प्रकाशन लगायतको कार्यसूची छ।

निर्वाचन समितिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ। प्रदेश १ मा भने प्रदेश अधिवेशन उद्घाटन आज हुने भएको छ। पहिलो पटक संघीय संरचनामा गएको कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि धेरैजसो प्रदेशमा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्ष एक ठाउँमा देखिएको छ। त्यस्तै इतर पक्षका अरु गुटहरु पनि मिलेर लड्ने भएका छन्।

मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह तथा नेता शेखर कोइराला पक्षबीच भएको सहमति अनुसार प्रदेश नेतृत्वका लागि सहमतिमै उम्मेदवार उठाइने भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार