कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।
कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुईपटक स्थगित भएको थियो । अन्ततः भदौ अन्तिममा परीक्षा भएको थियो ।
परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए। विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जनाएको छ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमको वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट हेर्न सकिन्छ ।






