Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी, को-को आए पदाधिकारीमा ?


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् ।

यता महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्। कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।


प्रतिक्रिया दिनुहोस !
विचार