Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक, संस्थापन पक्षको वर्चस्व


नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ । ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्बिनी प्रदेशमा विजयी शर्मा र पुन पौडेल पक्षका हुन् ।

प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन । मंसिर १५ मा अधिवेशन उद्घाटन भएपनि बाँकी प्रक्रिया भने अघि बढ्न नसकेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार