कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने देशको सूचिमा नेपाल पनि थपिएको छ । नेपालमा रहेका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
सुरुमा ६६ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका अर्का एक व्यक्तिको परीक्षण गर्दा उनमा पनि नयाँ भेरियन्टको संक्रमण पाइएको हो । यी दुई जनाको सम्पर्कमा रहेका ६६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको पनि अधिकारीले बताए । योसँगै नेपाल पनि ओमिक्रन फैलिएका देशको सूचिमा छिरेको छ । अहिलेसम्म नेपालसहित ३५ देशमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ ।





